चितवन : सेफ्टी ट्यांकीमा खसेर महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् ।
घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्यांकीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सेफ्टी ट्यांकीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।