२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षलाई भ्रष्टाचार मुद्दा

Nada
२०८२ असार २० गते १६:२४
Shares
गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षलाई भ्रष्टाचार मुद्दा

काठमाडौं : धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र कन्स्ट्रक्शनप्रालिविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ncell

अख्तियारले गाउँपालिकाका तत्कालीन बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र र कन्स्ट्रक्शन प्रालिविरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/७८मा बजार नाला तथा पोहोरमैला व्‍यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्‍य रूपमा एउटै निर्माण व्‍यवसायीबाट ३  वटा निर्माण व्‍यवसायीको नामले टेन्डर गरेको, कमिसन लिएर बिना प्रतिस्पर्धा एकता सप्लायर्ससँग मिलेमतोमा पटक–पटक म्याद थप्दै गुणस्तरहीन बजार सेड निर्माण गरेको, सेड निर्माणको काम भन्दा बढी नापी किताब तयार गरी ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ ।

अख्तियारले उनीहरूसँग ३१ करोड ३४ लाख रुपैयाँ विगो माग गरेको छ ।
 

सम्बन्धित खबर