२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

Nada
२०८२ असार २० गते १४:२४
Shares
सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

काठमाडौं : यातायात व्यवस्था विभागको सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या आएको छ ।

ncell

प्रणालीमा समस्या आएसँगै प्रणालीसँग सबन्धित सबै सेवाहरू बन्द भएका छन् । विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकाले सेवाहरू बन्द भएको जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ ।’

विभागले  प्रणालीमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको जनाएको छ ।

सम्बन्धित खबर