२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

रावाबेसीबाट एक करोड हाराहारीका लिची बिक्री

shivam cement
मध्यान्ह
२०८२ असार २० गते १०:५४
रावाबेसीबाट एक करोड हाराहारीका लिची बिक्री

खोटाङ : रावाबेसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन्। यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ ।

६ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए ।

पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ ।

आफूले ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए। उनले प्रतिदाना एकमा बिक्री गरेका हुन् ।

सोही स्थानका खड्गप्रसाद रेग्मीले ४५ हजारका लिची बेचिसकेका छन् ।  केही किसानले  एक लाख भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए। रावाबेँसीका किसानले लिचीबाट यसपटक ९५ लाख हाराहारी आम्दानी गरेका उनको अनुमान छ ।

रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रूपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise