२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण

shivam cement
मध्यान्ह
२०८२ असार २० गते १०:३२
भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण

भोजपुर : भोजपुरको चिरखुवा खोलामा पाँच करोड ६२ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ । पुल २०.६० मिटर लामो छ ।

पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise