काठमाडौँ : राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
उक्त विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची छ ।