२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

रौतहट शितलपुरमा खेत–खेतमा बिजुली, सिँचाइमा सहजता

shivam cement
कृष्ण तिवारी
२०८२ असार १९ गते २२:२१
रौतहट शितलपुरमा खेत–खेतमा बिजुली, सिँचाइमा सहजता

रौतहट : फतुवा विजयपुर नगरपालिका–२ शितलपुरका किसानहरूलाई सिँचाइमा सहज बनाउने उद्देश्यले खेत–खेतमा विद्युत् सेवा पुर्‍याइएको छ । 

वडाध्यक्ष अनिरुद्व प्रसाद यादव ‘सञ्जय’ को पहलमा वडास्तरीय बजेटबाट विद्युतीय मोटरमार्फत खेतमा सिँचाइ गर्नका लागि विद्युत् विस्तार गरिएको हो । 

वडाध्यक्ष यादवका अनुसार गत आर्थिक वर्षमा १०० किसानको खेतमा बिजुली पुगिसकेको छ भने चालु वर्षमा थप १ सय ५० किसानलाई सुविधा दिन काम अघि बढाइएको छ ।

विद्युत् जडान मात्र होइन, सिँचाइ गर्दा खपत हुने बिजुलीको बिल पनि पालिकाले तिर्दै आएको वडाध्यक्ष यादवले जानकारी दिए ।  यस परियोजनाअन्तर्गत वडाले १०० वटा बिजुलीका पोल र तार खरिद गरिसकेको छ भने हाल पोल गाड्ने काम धमाधम भइरहेको छ ।

शितलपुरका किसानले धान, मकै, गहुँ, तोरी र विभिन्न तरकारी खेती गर्दै आएका छन् । विद्युत् सिँचाइको सुविधा विस्तारसँगै कृषि उत्पादनमा सुधार र किसानको आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise