२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

तातोपानी नाकामार्फत पहिलोपटक हेलिकप्टर आयात

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते १३:५६
तातोपानी नाकामार्फत पहिलोपटक हेलिकप्टर आयात

सिन्धुपाल्चोक : नेपाल–चीन सीमा तातोपानी भन्सार नाकाबाट पहिलोपटक सडकमार्ग हुँदै हेलिकप्टर आयात गरिएको छ । माउन्टेन हेलिकप्टर प्रा.लि.ले चीनमार्फत फ्रान्सेली एयरबस कम्पनीमा निर्मित हेलिकप्टर नेपाल भित्र्याएको हो ।

हेलिकप्टरलाई चीनको तियाजिन सहरबाट ४० फिटे कन्टेनरमा लोड गरेर तातोपानी नाकासम्म ल्याइएको थियो । माउन्टेन हेलिकप्टरका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टरका पंखालगायतका मुख्य भागहरू खोलेर कन्टेनरमा राखिएको थियो । अहिले तातोपानी भन्सार नाकामा जाँचपास र पंखा जडानको प्रक्रिया एकैसाथ भइरहेको छ ।

उनका अनुसार यो कम्पनीले तातोपानी नाकाबाट हेलिकप्टर आयात गरेको पहिलोपटक हो । यसअघि भने माउन्टेन हेलिकप्टरले एक युनिट हेलिकप्टर कलकत्ताबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएको थियो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले पनि यो पहिलोपटक तातोपानी नाकाबाट हेलिकप्टर आयात भएको बताए । 

चुडालका अनुसार हेलिकप्टर आयातमा १ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्नेछ । यसअनुसार कम्पनीले करिब साढे ४ करोड रुपैयाँ कर तिर्नेछ ।

ADV

सम्बन्धित खबर

Advertise