बझाङ : बाउलीगाडमा पानीको सतह बढ्दो क्रममा रहेकाले आसपासका बस्तीहरूमा बाढीको खतरा बढेको छ ।
खतरा बढेसँगै बाउलीगाड आसपासका स्थानीयलाई विशेष सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाको आग्रह गरेकाे छ ।
बझाङ जिल्लाको बाउलीगाड क्षेत्रमा रहेको जलमापन केन्द्रले आज १९ बिहान १:३० बजे जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार बाउलीगाडमा पानीको सतह बढ्दो क्रममा रहेकाले आसपासका बस्तीहरूमा बाढीको खतरा रहेको छ ।
साथै, भिरालो तथा कमजोर जमिन भएकाे क्षेत्रमा पहिरोको जोखिमसमेत उच्च रहेकोले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न, र सम्बन्धित निकायको सूचनामा ध्यान दिनसमेत आग्रह गरिएको छ ।