२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

महेशपुर भन्सारद्वारा अखाद्य चिनी र धानको बिउ नष्ट

shivam cement
विनोद निगम
२०८२ असार १८ गते ०७:१७
महेशपुर भन्सारद्वारा अखाद्य चिनी र धानको बिउ नष्ट

नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले करिब ४० लाख १२ हजार रुपैयाँ बराबरको चिनी नष्ट गरेको छ । चार वर्षअघि भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको सो चिनी अब अखाद्य रहेको पुष्टि भएपछि  झरही नदी किनारमा खाल्डो खनेर नष्ट गरिएको हो ।

भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको ६२ हजार ७ सय किलोग्राम चिनी बजेट अभावका कारण तत्काल नष्ट गर्न सकिएको थिएन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले सो चिनी मानव उपभोगका लागि अयोग्य रहेको प्रतिवेदन दिएपछि भन्सार कार्यालयले लिलामी प्रक्रिया अघि नबढाएको भन्सार नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।

साथै भन्सारले पाँच लाख ८८ हजार रुपैयाँ बराबरको ७० बोरा धानको बिउसमेत नष्ट गरेको छ । ती बिउहरू छिमेकी मुलुक भारतबाट अवैध रूपमा ल्याइएको र प्रयोग अयोग्य ठहरिएका थिए ।

चार वर्षदेखि थन्किएको चिनी र धानको बिउ नष्ट गरिएको घटनाले सीमावर्ती क्षेत्रको तस्करी नियन्त्रण, भन्सार कार्यप्रणाली र खाद्य सुरक्षासम्बन्धी कमजोरीहरू उजागर गरेको विश्लेषण गरिँदैछ ।

ADV

सम्बन्धित खबर

Advertise