२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

बझाङ छबिसपाथिभेराका विभिन्न योजनाहरुको अनुगमन

Nada
रमेशबहादुर सिंह
२०८२ असार १७ गते १९:५३
Shares
बझाङ छबिसपाथिभेराका विभिन्न योजनाहरुको अनुगमन

बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीको नेतृत्वको एक टोलीले छबिसपाथिभेरा गाउँपालिकामा विभिन्न योजनाहरूको अनुगमन गरेको छ । 

ncell

टोलीमा बझाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी युवराज भण्डारी, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गाप्रसाद भट्ट, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बहादुर बिष्ट, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कविराज कडायत, कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी, नागरिक समाज प्रतिनिधि धर्मजङ बहादुर सिंह तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

टोलीले छबिसपाथिभेरा गाउँपालिका–३ अन्तर्गत पर्ने पाटा गाउँ र डाँडाखेतमा निर्माण गरिएका बाख्रा खोरहरूको निरीक्षण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको आर्थिक सहयोगमा निर्माण भएका ती खोरहरूको अनुगमन गरिएको हो ।

पाटा गाउँका कृषक रमेश बहादुर सिंहले बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत निर्माण गरेको खोरको समेत टोलीले अवलोकन गरेको थियो । सो खोर निर्माणमा २ लाख ४० हजार रुपैयाँ कार्यालयबाट अनुदान प्रदान गरिएको छ भने २ लाख रुपैयाँ सिंहको व्यक्तिगत लगानी रहेको छ । साथै, कार्यालयले थप २ लाख ४० हजार रुपैयाँ बराबरको १० वटा बाख्रा खरिदका लागि समेत अनुदान दिएको जनाइएको छ । करिब ५०–६० बाख्रालाई समेट्ने क्षमता रहेको सो खोरमा सिंहले बाख्रापालन व्यवसायमा सक्रियता देखाएका छन् ।

त्यसैगरी, डाँडाखेतका कृषक खगेन्द्र सिंहद्वारा निर्माण गरिएको बाख्रा खोरमा समेत सोही अनुसारको बजेट विनियोजन गरिएको कार्यालय प्रमुख कडायतले जानकारी दिए । अनुगमन टोलीले सो दिन छबिसपाथिभेरा गाउँपालिका–३ भित्र निर्माण गरिएका अन्य बाख्रा खोर तथा स्थानीय कृषकहरूले सञ्चालन गरेका खुकुरा र कालिज पालन योजनाहरूको समेत अवलोकन गरेको थियो । प्रमुख जिल्ला अधिकारी ठकुराठीले यस्ता कार्यक्रमहरूले ग्रामीण भेगमा आर्थिक स्वावलम्बनको बाटो खोल्ने विश्वास व्यक्त गरे । 

सम्बन्धित खबर