२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नगदसहित पत्रकार सुनार कतारमा सम्मानित

Nada
तिलु शर्मा पौडेल
२०८२ असार १४ गते २०:१७
Shares
नगदसहित पत्रकार सुनार कतारमा सम्मानित

दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका गुल्मीका दर्शन सुनार सम्मानित भएका छन् ।  नेपाल मगर संघ, शाखा कतार (केन्द्रीय समिति) को १६औं महाधिवेशन तथा २५औं वार्षिकोत्सव कार्यक्रम-२०२५ मा सुनार सम्मानित भएका हुन् । 

ncell

शुक्रबार फूलबारी रेस्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगर तथा प्रमुख अतिथि नेपाली राजदूतावासका प्रथम सचिव कृष्णकुमार सुवेदीले दोसल्ला ओढाएर संघले आयोजना गरेका हरेक गतिविधिमा सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्‍याएको भनी नगद ३७ हजार रुपैयाँ र सम्मान पत्रले सुनारलाई सम्मान प्रदान गरेका थिए ।

सम्मान ग्रहणपछि मध्यान्हसँगको कुराकानीमा सुनारले नगदसहितको सम्मानले थप जिम्मेवारीसहित पत्रकारितामा मिहिनेत गर्न ऊर्जा मिलेको बताए । उनले कलम र फोटोग्राफीको मिहिनेतलाई सम्मानयोग्य सम्झेर फराकिलो सम्मान प्रदान गरेकोमा संघप्रति कृतज्ञता प्रकट गरे । 

सुनार विगत २ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका छन् भने पत्रकारिताका सुरुवाती समयमा साझा नेटवर्क डट कम,  सौर्यपत्रअनलाइन हुँदै अहिले सिन्धुपाल्चोकबाट प्रकाशित हुने लोकप्रिय राष्ट्रिय दैनिक पत्रिकाका लागि कतार संवाददाताका रूपमा कार्यरत रहेका छन् । उनी कतारमा स्थापित सामाजिक संस्था गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत हुन् ।

ताजा खबर

सम्बन्धित खबर