२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

गेरुवा गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

shivam cement
सन्तोष पौडेल
२०८२ असार ४ गते २१:१३
गेरुवा गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।

‎गाउँपालिकाको सभाकक्षमा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले गाउँ सभाको १८औं अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

‎गाउँपालिकाका अध्यक्ष केसीले गाउँपालिकाको नीति तथा कार्यक्रम बुधबार पेस गरेका थिए ।

‎नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बजेटका सिद्धान्त र उद्देश्य दिगो विकासका लक्ष्य तथा रणनीतिलगायतका विषयहरूको सैद्धान्तिक र व्यवहारिक पक्षहरूलाई आत्मसात गर्दै गाउँपालिका अध्यक्ष केसीले २० पृष्ठ लामो नीति तथा कार्यक्रम पेस गरेका थिए ।

‎गाउँपालिकाले निकै लामो समय सम्म तयारी र छलफल गरी ल्याएको नीति तथा कार्यक्रममा संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र पूर्नस्थापना, उत्पादन र उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जना सार्वजनिक सेवा प्रवाहमा नतिजामुखी सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम  मुख्य प्राथमिकतामा परेका छन् ।

‎पालिकाले सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई परिमाणमुखी बनाइ सेवा प्रवाहलाई सारभूत रुपमा आमजनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न स्पष्ट कार्ययोजनाका साथ अघि बढ्ने नीति लिएको छ ।

‎संविधान प्रदत्त मौलिकहक, सुरक्षित आवास, आधारभूत शिक्षा, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई, कृषि पशु जस्ता महत्वपूर्ण नागरिकका दैनिक जीवन र मानव स्वास्थ्यसँग गाँसिएका हकहरु प्रत्याभूत हुने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

‎सामाजिक समावेशितासहित विकासको मूल प्रवाहीकरणका लागि महिला, बालबालिका, ज्येष्ठ नागरिक अपाङ्ग, दलित, आदिवासी, जनजाती, थारु, सोनाहा, अल्पसंख्यक, लोपोन्मुख, मधेशी, मुस्लिम, पिछडावर यौनिक अल्पसंख्यक, युवा, द्वन्द्वपिडित, मुक्त कमैया, कमलरी, सिमान्तकृत, शहिद तथा वेपत्ता परिवारक सदस्यका लागी सामाजिक सुरक्षाको प्रत्याभूति हुनेगरी गाउँपालिकास्तरीय विशेष कार्यक्रमहरु सञ्चाल गरिने बताइएको छ ।

‎गाउँपालिकाको विभिन्न क्षेत्र र कार्यक्रममा निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संघ-संस्थाहरुसँग गाउँपालिकाको रणनैतिक विकास र समृद्धिका लागि सहकार्य र साझेदारी गर्ने नीति अवलम्बन गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise