२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कृष्णनगर न्यायिक समितिद्वारा ९२ प्रतिशत मुद्दा फर्छ्यौट

Nada
शहबाज खान
२०८१ असार २५ गते २१:३४
Shares
कृष्णनगर न्यायिक समितिद्वारा ९२ प्रतिशत मुद्दा फर्छ्यौट

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको न्यायिक समितिले ९२ प्रतिशत मुद्दा छिनोफानो गरेको छ । न्यायिक समितिका दर्ता भएको २७ वटा मुद्दामध्ये २५ वटा छिनोफानो गरेको न्यायिक समितिले जनाएको छ ।

ncell

न्यायिक समितिमा दर्ता भएको २ वटा मुद्दा प्रकियामा रहेको मुद्दा फाँटका कर्मचारी श्याम प्रसाद थारुले जानकारी दिए । थारुका अनुसार न्यायिक समितिमा अधिकांश गाली बेइज्जती, घरेलु हिंसा, जग्गा सम्बन्धी, जग्गा विवाद वा भोग चलन गरेको लगायतका मुद्दाहरु दर्ता भएका छन् । न्यायिक समितिले आर्थिक वर्ष २०८०/०८१ मा  लक्ष्य भन्दा बढी ९२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको  जनाएको छ ।

न्यायिक समितिले मिलापत्र गरी ९ निर्णय गरेको छ । तमेलीमा ८ र मुलतबी २ वटा गरेको छ । न्यायिक समितिका संयोजक उप–प्रमुख आरती देवी चौधरी, सदस्य वडा अध्यक्ष हरिपाल चतुर्वेदी सदस्य सुशिला देवी नाउ समेत ३ सदस्यीय समिति रहेको छ ।

न्यायिक समिति संयोजक आरती देवी चौधरीले न्यायिक समितिले न्यायोचित मुद्दा छिनोफानो गर्दै आएकोले जनतालाई सहज भएको बताइन् । स्थानीय सरकारलाई मेलमिलापको माध्यमबाट विभिन्न विवाद मिलापत्र गर्ने अधिकार प्राप्त भएपछि न्यायिक समितिप्रति जनताको विश्वास बढेको उनको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अनुसार देहायको विवाद निरुपण गर्ने अधिकार अन्तर्गत र त्यस्तै दफा ४७ (२) अनुसार देहायको विवादहरुमा मेलमिलापको माध्मबाट निरुपण गर्ने अधिकार स्थानीय सरकारलाई प्राप्त छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम न्यायिक समितिको अधिकार क्षेत्रभित्रको मुद्दामा भएको काम कारवाहीको न्याय प्रशासन ऐन, २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ९४ वमोजिम यस अदालतका प्रमुख जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीद्वारा मिति २०८१ असार १४ गते शुक्रबार न्यायिक कार्य सम्बन्धी काम कारवाहीहरुमा निरीक्षण गरिएको कृष्णनगर नगरपालिकाका मुद्दा फाँटका कर्मचारी श्याम कुमार थारुले बताए ।

सम्बन्धित खबर