२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

मौरीपालक किसानलाई अनुदानमा आधुनिक घार

सुर्य प्रसाद भुसाल
२०८२ वैशाख ११ गते २१:२५
मौरीपालक किसानलाई अनुदानमा आधुनिक घार

अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीले पालिकाभित्रका कृषकलाई मौरीको घार वितरण गरेको छ । 

नगरपालिकाले सन्धिखर्कलाई महबाट आत्मनिर्भर बनाउन कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो । मौरीपालक कृषक बढ्दै गएका कारण १ सय २१ वटा घार ५० प्रतिशत अनुदानमा  वितरण गरिएको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । 

‘हामीले गत वर्ष  १ सय २५ वटा घार वितरण गरेका थियौं,’ भुसालले   भने,‘यो वर्ष पनि  मौरीपालक किसानको माग अनुसार कार्यक्रमलाई  निरन्तरता दिएका छौं । आगामी वर्ष किसानहरुको प्रगति हेरेर कार्यक्रम तय गर्छौं  ।’

सन्धिखर्क नगरपालिका वडा  नम्बर १ देखि १२  सम्मका कृषकले ५० प्रतिशत अनुदानमा मौरी किसानले  घार पाएका छन् ।

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीपालन सुरू गरिएको सन्धिखर्क नगरपालिका –६ का कृषक श्याम  कृष्णबहादुर अधिकारीले बताए ।

‘मौरीपालनबाट फाइदा हुने रैछ,’ उनले भने, ‘व्यावसायिक रूपमा मौरी पाल्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक मौरीपालन सुरू गरेको छु ।’ जिल्लाका मौरीपालक कृषकले क्षेत्र विस्तार गर्दै लगेका छन् । 

अर्घाखाँचीका ६ वटा  स्थानीय तहमा उन्नत जातका मौरी पाल्ने किसान  दुई हजारको हाराहारीमा रहेको सन्धिखर्क कृर्षि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए ।

स्थानीय जातको मौरीको १ हजारमाथि र उन्नत जातको मौरीको १ हजार  घार रहेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले  जनाएको छ । 

जिल्लामा वार्षिक रूपमा १८ क्वीन्टल भन्दामाथि मह उत्पादन हुँदै आएको नगरपालिकाका कृषि शाखा प्रमुख कृषि विकास अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।

ADV

सम्बन्धित खबर