२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अर्घाखाँचीका किसानलाई टिम्मुर खेतीतर्फ आकर्षित गरिँदै

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार १८ गते २०:४०
Shares
अर्घाखाँचीका किसानलाई टिम्मुर खेतीतर्फ आकर्षित गरिँदै

अर्घाखाँची : डिभिजन वन कार्यालय अर्घाखाँचीले ७ वटा सामुदायिक वनहरुलाई टिम्मुर खेतीप्रति आकर्षित गराउन १५ हजार बढी बिरुवा वितरण गरेको छ ।  

ncell

सामुदायिक वनका उपभोक्ताहरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउन १५ हजार भन्दा बढी टिम्मुरका बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यालयले निःशुल्क बिरुवा तथा बिरुवा रोप्ने उपभोक्तालाई नगद पैसा समेत दिएको छ । सामुदायिक वनका उपभोक्ताहरु टिम्मुर खेती गर्न उत्साहित भएको वरिष्ठ डिभिजन वन अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । 

कार्यालयले अर्घाखाँचीको देउराली सामुदायिक वन उपभोक्ता समिति मालारानी ४, खन देउराली लालिगुँरास सामुदायिक वन उपभोक्ता समूह, भूमिकास्थान १० धनचौर, शितगंगा  २ का तुल्सिराम अधिकारी, गोपेश्वर पिठ मथुराबेसी  शितगङ्गाका  पूर्ण बहादुर कुँवर, छत्रदेवका लिलामणी पाण्डे सन्धिखर्कका काली मियालाई तेजपत्ता र टिम्मुरका बिरुवा वितरण गरिएको वरिष्ठ वन अधिकृत प्रवक्ता यादव सापकोटाले बताए । 

पहाडि जिल्लामा जंगली जनावरका कारण खेतिपाति जोगाउन मुस्किल मा परेका किषनहरु अहिले बादर बँदेल दुम्सिबाट  मकै कोदो फापर जोगाउन नसकेपछि  टिम्मुरलाई ब्यबसायिक  खेतिको रुपमा अगाडि बढाउन उत्साहित भएको वरिष्ठ डिभिजन वन अधिकृत ईश्वरीप्रसाद पौडेलले बताए । 

टिम्मुर खेतीबाट किसानलाई व्यावसायिक, आत्मनिर्भर बनाउँदै आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले टिम्मुर खरिद गरी समुहमार्फत जिल्लाका धेरै ठाउँहरुमा विरुवा वितरण गर्न शुरु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

किसान र समूहमार्फत गाउँका उपभोक्ताहरुलाई टिम्मुर र तेजपातका बिरुवा वितरण गर्दै अर्घाखाँची जिल्लालाई टिम्मुर हवको रुपमा विकास गर्ने र कृषि पेसामा लागेका किसानलाई स्वरोजगार बनाइ उत्कृष्ट समूह वा व्यक्तिलाई डिभिजन वन कार्यालयले प्रोत्साहन गर्ने योजना बनाएको अधिकृत पौडेलले बताए । 

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मदन प्रसाद ढुंगानाले निर्वाहमूखी कृषि पेसालाई व्यावसायिक बनाउन नसकेका किसानहरुलाई समूहमार्फत व्यवसायिक टिम्मुर खेती कृषक बनाउने डिभिजन वन कार्यालयले बिरुवा वितरण गरेको बताए । 

बिरुवा वितरण कार्यक्रममा डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृतहरु उमेश शाह, प्रशासन अधिकृत अरुण आचार्य, दिपक पाण्डे लगायतका कर्मचारी खटिएका थिए । किसानहरु तथा समूहका पदाधिकारीलाई तालिम समेत दिइएको छ ।

uae

सम्बन्धित खबर