२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

छन्द कालेबाबु नारायणी आँखा अस्पतालको नयाँ भवन उद्घाटन

Nada
शहबाज खान
२०८१ फागुन २८ गते २०:४८
Shares
छन्द कालेबाबु नारायणी आँखा अस्पतालको नयाँ भवन उद्घाटन

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका–९, बहादुरगन्जस्थित छन्द कालेबाबु नारायणी आँखा अस्पताल तथा कर्मचारी आवास भवनको उद्घाटन गरिएको छ । 

ncell

अस्पतालको आन्तरिक स्रोत, संविधानसभा सदस्य अभिषेक प्रताप शाहको तत्कालीन संसदीय विकास कोषबाट ५० लाख, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा आन्तरिक मामिला मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायको आर्थिक सहयोगमा तीनतल्ले अस्पताल भवन र कर्मचारी आवास निर्माण गर्न लागिएको प्रशासन शाखा प्रमुख जसराज विकले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकी यादव र अर्जुन केसी, संविधानसभा सदस्य अभिषेक प्रताप शाह, नगरप्रमुख रजत प्रताप शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा लगायतको उपस्थिति रहेको थियो । नयाँ भवन उद्घाटनसँगै स्थानीय बासिन्दाले अझ प्रभावकारी सेवा पाउने विश्वास राखेका छन् । 

सम्बन्धित खबर