२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

न्यूरोको अत्याधुनिक मोडुलर अपरेशन थिएटरः एकैपटक पाँच शल्यक्रिया गर्न सकिने

Nada
जुनु भट्टराई
२०८१ माघ १७ गते २१:५८
Shares
न्यूरोको अत्याधुनिक मोडुलर अपरेशन थिएटरः एकैपटक पाँच शल्यक्रिया गर्न सकिने

विराटनगर : विराटनगरस्थित न्यूरो हस्पिटलले अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ संचालनमा ल्याएको छ । बिहीबार अस्पतालले एक कार्यक्रम आयोजना गरी उक्त अप्रेशन थिएटर सञ्चालनमा ल्याएको हो । 

ncell

एकैपटकमा पाँच वटासम्म शल्यक्रिया गरिन सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटरको उद्घाटन अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्ट र निर्देशक अनिशा विष्टले संयुक्त रुपमा गरेका हुन् ।  

संचालनमा आएको नयाँ मोडुलर अपरेटिङ थिएटरमा अत्याधुनिक उपकरणहरु जडान गरिएकाले एकै समयमा पाँच वटासम्म शल्यक्रिया गर्न सकिने अस्पतालका अध्यक्ष डा.विष्टले बताए ।

बिरामीहरुले अपरेशनको लागि प्रतिक्षा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न साथै अस्पतालमा शल्यक्रियाको लागि प्रयोग हुने साधनहरूको अधिकतम उपयोग गर्न उक्त थिएटरको महत्वपूर्ण भूमिका हुने उनले बताए । 

‘बिरामीको हकमा यसले संक्रमणको जोखिम कम गर्न मद्दत गर्दछ र बिरामीको सुरक्षा र हेरचाहको लागी चाहिने उच्चतम मापदण्डहरू पुरा गर्दछ,’ अध्यक्ष विष्टले भने, ‘मोडुलर अपरेशन थिएटर नया सोच र निरन्तर सुधारतर्फको हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी समाजलाई नवीनतम चिकित्सा प्रविधि भित्र्याएर हर सम्भव उत्कृष्ट हेरचाह प्रदान गर्न समर्पित छौं ।’

शल्यक्रियाका लागि चाहिने नवीनतम उपकरणहरू र त्यसलाई सहयोग गर्ने अत्याधुनिक प्रणालीहरु जडित रहेकोले यसले जटिल र विविध प्रकारका शल्यक्रियाहरु गर्न मद्दत पुग्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । भर्खरै अस्पतालमा सेवा दिन वरिष्ठ न्यूरोसर्जन डा.रोशन खतिवडा तथा वरिष्ठ न्यूरोसर्जन डा. सुनील कुमार दासको प्रवेश भएको जानकारी दिँदै अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले भने ‘अस्पतालमा नयाँ चिकित्सकहरुकोे आगमनले हामी नयाँ नयाँ पद्दतीका शल्यक्रियाहरु गर्न सक्षम हुनेछांै भन्ने हाम्रो विश्वास छ ।’ 

त्यस बाहेक अस्पतालमा न्यूरो सर्जनका रुपमा डा. आशिष जंग थापा, डा. आलोक झा, बरिष्ठ अर्थोपेडिक सर्जन प्रो. डा. नविन कुमार कर्ण, बरिष्ठ अर्थोपेडिक सर्जन डा. अमित देब, बरिष्ठ जि.आई तथा ल्याप्रोस्कोपिक सर्जन डा.सदिप खुनिया, जनरल सर्जन डा.प्रज्वल खतिवडा, युरो सर्जन डा.पुरुषोत्तम पराजुली, इएनटी सर्जन डा. रोशन आचार्य, डेन्टल सर्जन डा. अमित प्रताप शाह, बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ प्रा.डा. शैलजा क्षेत्री श्रेष्ठ, डा. निशा अधिकारी लगायतका सर्जनहरुको विशेषज्ञ टोली रहेको छ । 

त्यसैगरी बिरामीहरुको अपरेशनलाई सहज बनाउन एनेस्थेसियोलोजिष्टको रुपमा डा. मन्जिल श्रेष्ठ, डा. अर्जुन क्षेत्री, डा. लोकेन्द्र मण्डलको पूर्णकालिन सेवा रहेको छ ।

त्यसैगरी बरिष्ठ न्यूरो फिजिसियन डा.बिरेन्द्र कुमार बिष्ट, बरिष्ठ मुटु रोग विशेषज्ञ डा. निकेश राज श्रेष्ठ, बरिष्ठ फिजिसियन तथा बाथ रोग विशेषज्ञ डा. बिबेक कट्टेल, बरिष्ठ प्याथोलोजिष्ट डा. सागर राज पाण्डे, बरिष्ठ रेडियोलोजिष्ट डा.पन्नालाल शाह, बरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. भुवनेश्वर यादब, बरिष्ठ बाल रोग विशेषज्ञ डा.सुरेश प्रसाद साह, बरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रन्जन थापा, अरिष्ठ मुद रोग विशेषज्ञ डा राजन कर्ण, बरिष्ठ मानसिक रोग विशेोगन कुमार साह, फिजिसियन डा रमाकान्त राय, बरिष्ठ छाला रोग विशेषज्ञ डा.रिचा शर्मा, बरिष्ठ फिजियोथेरापिष्ट वा नविन कुमार चौधरी लगायतका चिकित्सकीय टोली रहेको छ ।

यसै वर्ष अस्पतालले एमआरआइ, एआइ, सिटी स्क्यान, डेक्सा स्कयान र बिरामीहरुको लागी सुविधा सम्पन्न निजी क्याबिनहरूमा ठूलो लगानी गरेको अस्पतालले जनाएको छ । जसले बिरामीहरुको सही निदान र उचित हेरचाहमा ठूलो मद्दत पुग्ने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर