२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

लाइसेन्स दिँदा दुःख दिनेको नाम, पद रेकर्ड लिनुस् : मन्त्री न्यौपाने

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ माघ १० गते २२:२३
लाइसेन्स दिँदा दुःख दिनेको नाम, पद रेकर्ड लिनुस् : मन्त्री न्यौपाने

भालुवाङ : नागरिकलाई यातायातसम्बन्धी सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले बाँकेको कोहलपुरमा यातायात कार्यालय विस्तार गरिएको छ । 

कोहलपुरबाट पनि यातायात सम्बन्धी सेवा प्रवाह सुरु भएको हो । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेको थियो । बुधबार उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कोहलपुरमा यातायात सेवा कार्यालयको उद्घाटन गरे ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री न्यौपानेले नागरिकलाई यातायात सम्बन्धी सेवा सहज रुपमा प्रदान गर्नका लागि यातायात सेवा कार्यालय विस्तार गरिएको बताए ।

साथै उनले आवश्यकताका आधारमा अन्य जिल्ला तथा स्थानहरुमा समेत यातायात कार्यालय विस्तारको योजना बनाइने बताए । उनले केही जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालन गर्ने गरी मन्त्रालयले अध्ययन गरिरहेको बताए । 

‘मुलुक संघीयतामा गइसकेपछि राज्यका हरेक संयन्त्र वा शक्ति विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा हामी प्रतिबद्ध छौँ,’ मन्त्री न्यौपानेले भने ‘संघीयताको यही मर्म अनुरुप यातायात सम्बन्धी सेवालाई हरेक नागरिकको पहुँचसँग जोड्नुपर्छ भन्ने उद्देश्यसहित यातायात कार्यालयहरुको विस्तार गर्न जरुरी देखेका छौँ र यो उद्देश्य पूरा गर्नका लागि मन्त्रालय लागि परेको छ ।’

यसैगरी उनले यातायात सम्बन्धी सेवा नागरिकमैत्री हुनुपर्ने भन्दै नागरिकको सहजताका लागि मन्त्रालयले काम गरिरहेको समेत बताए । 

सेवाग्राहीहरुलाई कुनै पनि झन्झट नहोस् भन्नेमा मन्त्रालय गम्भीर रहेको भन्दै यातायात सम्बन्धी सेवालाई प्रविधिमैत्री बनाइने उनले बताए । 

कोहलपुरमा सञ्चालन भएको यातायात सेवा कार्यालयबाट तीन प्रकारका सेवा प्रवाह हुने छन् । मन्त्रालयका अनुसार सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब नवीकरण र पटके सेवा कार्यालयबाट प्रवाह गरिनेछ । 

कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार भएपछि कोहलपुर तथा त्यस आसपासका क्षेत्रका सेवाग्राहीलाई यातायात सम्बन्धी सेवा लिन सहज भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise