२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बलान बिहुल गाउँपालिकको बजेट ५३ करोड ५५ लाख

Nada
घुरन यादव
२०८१ असार ११ गते १५:०७
Shares
बलान बिहुल गाउँपालिकको बजेट ५३ करोड ५५ लाख

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ५५ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १०औं गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष रेणु यादवले ५३ करोड ५५ लाख ३१ हजार रुपैयाँको बजेट पेस गरेकी हुन् ।

ncell

यस्तै गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । पूर्वाधारलाई जोड दिँदै निर्माणका आयोजनाहरू सञ्चालन गर्दा लागत-लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवम् प्रतिफल दिने, समतामूलक विकासको आधारको रूपमा रहने, पिछडिएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहीकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरू पहिचान गरेर ‘आयोजना बैंक’ तयार गर्ने र संस्थागत सार्वजनिक तथा व्यपारिक भवनहरुमा पार्किङ स्थलको व्यवस्था मिलाउने गाउँपालिकाले नीति लिएको छ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ प्रशासकीय भवन निर्माण, १५ शैया अस्पताल निर्माणलाई पूणर्ता, गाउँपालिकामा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केही ठूला गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिने उल्लेख छ । एक वडा एक पार्क निर्माण नीतिलाई निरन्तरता दिने तथा विकास निर्माण कार्यका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने नीति गाउँपालिकाले लिएको छ ।

uae

सम्बन्धित खबर