२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

‘सरकारले सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोण बदल्न सकेन’

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ पुष २० गते २१:२९
‘सरकारले सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोण बदल्न सकेन’

अर्घाखाँची : नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धीबहादुर विक (दियाली)ले सुन चाँदी व्यवसायीहरूलाई  सरकारले हेर्ने दृष्टिकोण बदल्न नसकेको बताएका छन् । उनले सुनचाँदी व्यवसाय र अन्य व्यवसायमा फरक भएको बताउँदै सरकारले सुनचाँदी व्यवसाय सम्बन्धी छुट्टै कानून बनाउनुपर्ने बताएका हुन् ।

अर्घाखाँची सुनचाँदी व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको उद्घाटन शत्रमा बोल्दै केन्द्रीय उपाध्यक्ष दियालीले सुनचाँदी व्यवसायी सम्बन्धी कानूनका लागि संघ, प्रदेश र स्थानीय तह सबैले चासो दिनुपर्ने बताए । उनले नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी सम्बन्धी आचारसंहिता बनाइ देशैभर आचारसंहिता लागू भएको समेत बताए । 

यस्तै कार्यक्रममा धारणा राख्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले व्यावसायिक सुरक्षाका लागि आफू सधैँ तयार रहेको बताएका थिए । व्यवसायीको सुरक्षा गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । ‘समाजमा सबै राम्रा मान्छे हुन्छन् भन्ने हुँदैन कुनै अराजक पनि हुन सक्छन्, त्यस्ता व्यक्तिको बारेमा प्रजिअलाई जानकारी दिए कानूनसम्मत् कारबाही गरिनेछ’, उनले भने ‘कारोबार गर्दा समेत सजग हुनुपर्छ ।’ 

कार्यक्रममा लुम्बिनी सुनचाँदी व्यवसायी संघका अध्यक्ष ध्रुवबहादुर गहतराज, केन्द्रीय सदस्य लोकबहादुर सुनार, केन्द्रीय सदस्य मदन केसी, सुनचाँदी व्यवसायी संघ लुम्बिनीका सचिव झविद्र विक, उद्योग वाणिज्य संघका उपाध्यक्ष साजन ओली, चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठ, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्रबहादुर खड्का, पत्रकार महासंघ अर्घाखाँचीका सदस्य सागर परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रम अर्घाखाँची सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर विश्वकर्माको अध्यक्षता र केन्द्रीय सदस्य तथा जिल्ला सचिव ताराबहादुर सुनारको संचालनमा सम्पन्न भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise