२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

क्रिसमसका दिन ‘द लास्ट ट्रिप’ को टिजर सार्वजनिक हुने

shivam cement
मध्यान्ह
२०८१ पुष ८ गते १२:५७
क्रिसमसका दिन ‘द लास्ट ट्रिप’ को टिजर सार्वजनिक हुने

काठमाडौंः चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ ले ल्याउन लागेको वेब सिरिज ‘द लास्ट ट्रिप’ (अन्तिम यात्रा) को टिजर डिसेम्बर २५ क्रिसमस डेका दिन स्ट्रिमिङ हुने भएको छ ।

पोस्टर सार्वजनिक गर्दै उक्त समूहले उक्त जानकारी दिएको हो । सार्वजनिक पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउने निर्माण पक्षको दाबी छ । यो सिरिजको निर्माण, कथा, पटकथा र निर्देशन सरोज अधिकारी आफैले गरेका छन् । कार्यकारी निर्मातामा विजय अधिकारी छन् ।

सिरिजमा सरोज अधिकारी, सिजल गौतम, बिजय अधिकारी, सौरब ढकाल, निश्चल कार्की, ज्योती खड्का, मिशेल घिमिरे, परिक्षित बिक्रम राना, आयुश्मा भट्ट ,सन्ध्या कोइराला, कपिल रसैली, सन्देश थापा, बिभस खत्री, जोशना श्रेष्ठ, लक्ष्मी बिश्वकर्मा, शिबराज गिरि, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, सङ्गिता शर्मा बस्याललगायत कलाकार छन् । 

सिरिजमा संकल भुजेलको छायांकन र सुरोज अधिकारीको सम्पादन, दिक्षित पौडेलको म्यूजिक प्रोडक्सन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, सुभाष तिमिल्सिनाको मेकअप रहेको छ साथै सिरिजको डबिङको जिम्मेवारी सम्राट न्यौपानेले लिएका छन् । सिरिजको पोस्टर डिजाइन शान थापा रहेका छन् । एड्भेन्चर, कमेडी, हरर,रोमान्टिक ड्रामा जनरामा राखिएको सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ ।
 

ADV

सम्बन्धित खबर

Advertise