२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

‘सरकारले काम सम्पन्न भएका योजनाको भुक्तानी तत्काल दिनुपर्छ’

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ असार ८ गते १८:५५
‘सरकारले काम सम्पन्न भएका योजनाको भुक्तानी तत्काल दिनुपर्छ’

अर्घाखाँची : वरिष्ठ निर्माण व्यवसायी राजकुमार बिडारीले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्नँ भन्न नमिल्ने बताएका छन् । निर्माण व्यवसायीको समस्या समाधानमा सरकार गम्भीर हुन नसकेको बताउँदै बिडारीले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिनुपर्ने बताएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दा पनि निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिने गरी बजेट व्यवस्थापन नगरेको उनले बताए । शनिबार सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै बिडारीले अर्थमन्त्री पुनले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा बिर्सन नहुने बताए ।

व्यवसायी बिडारीले भने, ‘निर्माण व्यवसायीहरूलाई भुक्तानी दिन नसक्ने कुरा गलत हो, सरकारले अहिले म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सक्दैन भनेको छ । यो कुरा अर्थमन्त्रीले स्वीकार गरेका छन्, तर विगतका वर्षहरूमा विगतका सरकारहरूले गरेका कमीकमजोरीलाई यो सरकारले त्यसको अपनत्व गर्दिनँ भन्न मिल्दैन । यसको निकास दिने जिम्मेवारी अर्थमन्त्रीको हो, व्यवसायीले भुक्तानी पाउनुपर्छ ।’

निर्माण कार्य सकेका आयोजनाको पाउनुपर्ने भुक्तानी सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरूलाई सरकारले खारेज गर्नुपर्छ ।’

उनले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुने पनि बताए । निर्माण व्यवसायीहरूलाई समाप्त पारे मुलुककै अर्थतन्त्र समाप्त हुने उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise