२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

मलेसियामा एफडब्लूसीएमएसबाटै भर्ना प्रक्रिया हुने

Nada
तिलोचन गौतम
२०८१ पुष ३ गते ०८:२६
Shares
मलेसियामा एफडब्लूसीएमएसबाटै भर्ना प्रक्रिया हुने

क्वालालम्पुर । मलेसियाले विदेशी कामदार केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस)बाट नै भर्ना प्रक्रिया हुने बताएको छ । गत १६ कात्तिक अर्थात् १ नोभेम्बरदेखि नै एफडब्लूसीएमएसलाई नवीकरण गरिएको भन्दै मलेसियाको गृह मन्त्रालयले सोमबार सूचना जारी गरेको छ ।

ncell

मलेसियामा स्वास्थ्य परीक्षणमा फिट भएका कामदारको कलिङ भिसा जारी गर्ने गरिएको हुन्छ । नेपालमा मलेसिया बायोमेट्रिक भनेर चिनिने ३६ वटा स्वास्थ्य परीक्षण संस्था २०७२ सालदेखि नै एफडब्लूसीएमएस प्रणालीमा आवद्व छन् । मलेसियाले आफ्नो मुलुकमा आउने विदेशी कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न एफडब्लूसीएमएस प्रणालीको प्रयोग गरेकोे बताएको छ ।

मलेसिया जाने कामदारले बायोमेडिकल स्वास्थ परीक्षणका लागि ६ हजार ५०० शुल्क लिने गरेका छन् । नेपाल र मलेसियाबीच ६ वर्षअघि भएको श्रम सम्झौताअनुसार  नेपालमा कामदारको स्वास्थ्य परीक्षणका लागि तिरेको शुल्क रोजगारदाताले पहिलो महिनाको तलबसँगै फिर्ता गर्ने गरेका छन् ।

नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत मोहमद फिरदोस अजमानले गत हप्ता नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं साधारणसभामा शुभकामना मन्तव्य राख्दै एफडब्लूसीएमएस प्रणालीमा आवद्व नेपाली स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण उपलब्धिमूलक देखिएको भन्दै त्यसले मलेसियाली श्रम बजारमा प्रवेश गर्ने श्रमिकहरूलाई स्वस्थ, तन्दुरुस्त राख्न, स्वास्थ्य जोखिमहरू कम गर्न र सुरक्षित अवस्थामा काम गर्ने वातावरण प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर