२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

कतारमा मोना परिवारको दसैं टीका तथा आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक ५ गते १४:२४
Shares
कतारमा मोना परिवारको दसैं टीका तथा आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न

दोहा, कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार तथा मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आयोजनामा विजयादशमीको अवसरमा टीका, जमरा तथा आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

ncell

मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षता तथा संस्थापक अध्यक्ष प्रेम रसाइलीको प्रमुख आतिथ्यतामा बुधवार साँझ प्लाजा मलस्थित जिम्बु थकाली रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका अग्रज, पूर्वपदाधिकारी तथा कतारमा रहेका दर्जनौँ म्याग्देली तथा गैर म्याग्देली हरूको सहभागिता थियो । संस्थापक अध्यक्ष प्रेम रसाइली, अग्रज व्यक्तित्व पदम पुन, लीला बहादुर चोखाल, पूर्व अध्यक्ष रमेश पौडेल बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की लगायतले सहभागीहरूलाई टीका, जमरा तथा दक्षिणासहित आशीर्वाद प्रदान गरेका थिए।

कार्यक्रममा परदेशमा रहेर पनि नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिँदै आपसी सद्भाव र एकता कायम राख्ने उद्देश्यले दसैं मनाइएको थियो। कार्यक्रममा सहभागीहरूले विदेशमा आफ्नै समुदायसँग भेला भएर चाडपर्व मनाउन पाउँदा खुसी व्यक्त गरेका थिए । टीका तथा आशीर्वाद ग्रहणपछि खानपिन र मनोरञ्जनका कार्यक्रमसमेत आयोजना गरिएको थियो।

uae

ताजा खबर

सम्बन्धित खबर