२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

विजयादशमीका दिन ट्राफिक नियम उल्लङ्घन गर्ने १३९ मोटरसाइकल रौतहट प्रहरीको नियन्त्रणमा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक ५ गते १४:४८
Shares
विजयादशमीका दिन ट्राफिक नियम उल्लङ्घन गर्ने १३९ मोटरसाइकल रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट : ​विजयादशमीको दिन बुधबार ट्राफिक नियमको उल्लङ्घन गरी लापरवाहीपूर्वक सवारी साधन चलाउने १३९ वटा मोटरसाइकललाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाएको छ। ​

ncell

तीव्र गति, लापरवाही तथा सवारी ऐन विपरीत मोटरसाइकल चलाएर सम्भावित दुर्घटनाको जोखिम बढाएपछि जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइहरूले संयुक्त रूपमा निगरानी बढाउँदै ती सवारी साधनहरूलाई नियन्त्रणमा लिएका हुन्। ​

चाडपर्वका बेला हुन सक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरण, सार्वजनिक सुरक्षा अभिवृद्धि तथा व्यवस्थित यातायात व्यवस्थापन कायम राख्ने उद्देश्यले जिल्लाका विभिन्न संवेदनशील तथा मुख्य सडक खण्डहरूमा विशेष चेकिङ टोली परिचालन गरिएको थियो।

चेकिङका क्रममा सवारी ऐनको वर्खिलाप गर्दै चलाइएका १३९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा उल्लेख छ। ​

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार चाडपर्वको समयमा हुने लापरवाहीपूर्ण सवारी परिचालनले सडक दुर्घटनाको जोखिम उच्च बनाउने भएकाले प्रहरीले सुक्ष्म निगरानी र कडाइका साथ चेकिङ अभियान सञ्चालन गरेको हो। ​

एसपी रिजालले भने, 'चाडपर्वलाई सुरक्षित अनुशासित र मर्यादित बनाउन ट्राफिक नियमको पूर्ण पालना गराउन प्रहरी गम्भीर भएर लागेको छ। प्रहरीको यही सक्रियता र सुक्ष्म निगरानीका कारण विजयादशमीका दिन जिल्लामा कुनै पनि गम्भीर किसिमको सवारी दुर्घटना हुन पाएन।' ​

प्रहरीले सवारी चालकहरूलाई लापरबाही नगर्न सीमित गतिमा सवारी साधन गुडाउन र सम्भावित दुर्घटनाबाट बच्न ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। सवारी ऐनको पालना गर्नाले नै जीवन सुरक्षित रहने भएकाले यसप्रति सम्पूर्ण सवारी चालक तथा सर्वसाधारणलाई जिम्मेवार र कटिबद्ध हुन रौतहट प्रहरीले विशेष अपिल समेत गरेको छ।

uae

ताजा खबर

सम्बन्धित खबर