२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सिरहा सेवा समाज कतारको अध्यक्षमा जयप्रकाश यादव सर्वसम्मत

Nada
तिलु शर्मा पौडेल
२०८१ मंसिर ३० गते १७:३०
Shares
सिरहा सेवा समाज कतारको अध्यक्षमा जयप्रकाश यादव सर्वसम्मत

दोहा, कतार : सिरहा सेवा समाज कतारको नवौं अधिवेशनको बन्द सत्रमार्फत जयप्रकाश यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट जयप्रकाश यादवको अध्यक्षतामा ४० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

ncell

समाजको आगामी एक कार्यकालका लागि सर्वसम्मत निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा अब्दुल कादिर, द्वितीय उपाध्यक्षमा शिवनाथ यादव, तृतीय उपाध्यक्षमा विनोद कुमात सिंह महासचिवमा मनोज चौधरी सचिवमा कपिलदेव यादव, बालेश्वर यादव,कोषाध्यक्ष विश्वेश्वर चौधरी, सहकोषाध्यक्षमा रमानन्द राम, युवा संयोजकमा बलराम यादव, युवा सह संयोजक ध्यानी कामती मिडिया कोर्डिनेटर राम एकवाल राम, सह मिडिया कोर्डिनेटर सियाराम यादव चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा दीपेन्द्र प्रसाद यादव, सफिरुल राईन, वीरेन्द्र कुमार साह, शिव कुमार यादव, नाईम साफी, रामचलितर यादव, ज्ञानेन्द्र मण्डल, दुर्गेश यादव, वीरेन्द्र यादव, शिवकुमार यादव, वीरेन्द्र सिंह, असरफ अलि, अर्जुन यादव रहेका छन् । त्यसैगरी संस्थाको सल्लाहकार संयोजकमा याकुब मिया, सल्लाहकारहरूमा, शिवकुमार महतो, राम जुलुम साह, उदय मण्डल , पवन ठाकुर, जाकिर राईन, रामकुमार यादव, राम कल्याण महतो, रामकुमार यादव, रामसुबन यादव, प्रमोद ठाकुर, सुमनारायण चौधरी, अरुण यादव, सन्तोष विश्वकर्मा रहेका छन् ।

विविध सांगीतिक प्रस्तुतिसहित सम्पन्न अधिवेशनको खुला सत्र जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष प्रेम मण्डलको सभाध्यक्षतामा सम्पन्न भएको हो । जयप्रकाश यादवले स्वागत  मन्तव्य राखेको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा समाजलाई विभिन्न कालखण्डमा सहयोग गर्ने  समाजका विशिष्ट व्यक्ति, सिरहाली, सहयोगी, पत्रकार, कलाकारहरूलाई कदर पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महतोलाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपश्चात आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथिले अब आउने नयाँ कार्यसमितिले कतार र गृह जिल्ला सिरहासँग जोडिएर थप राम्रा काम गर्ने विश्वास व्यक्त गर्दै आउने नयाँ कार्यसमितिलाई शुभकामनासमेत व्यक्त गरेका थिए । पत्रकार रामएकवाल रामले सहजीकरण गरेको कार्यक्रममा खुला सत्रको कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष प्रेम मण्डलले आफ्नो कार्यकाललाई सफल बनाउन विभिन्न तह तप्काबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यक्रमको शुभकामना पनि व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर