२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

Nada
२०८१ मंसिर २६ गते १५:५२
Shares
शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजाइनकर्तालाई रु. १५ हजार पुरस्कार दिइने भएको छ ।

ncell

प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी झल्कने संकेत चिह्नसँगै नगरपालिकाको नक्सा र नेपालको राष्ट्रिय झण्डाको प्रयोग हुनुपर्ने प्रावधान राखिएको छ ।

“प्रतीक चिह्न अधिकतम तीन सेन्टिमिटर व्यासको हुनुपर्नेछ”, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “नगरपालिको मूल पहिचान झल्कने संस्कृति, रहनसहन, पर्यटकीय स्थान, प्राकृतिक सम्पदा समावेश गरी प्रतीक चिह्न तयार गर्नुपर्नेछ ।”

उनका अनुसार प्रतीक चिह्न कलात्मक र मापन योग्य हुनुपर्ने छ । छनोट भएको प्रतीक चिह्नको सम्पूर्ण अधिकार नगरपालिकाको हुनेछ । डिजाइनकर्ताले अन्य ठाउँमा सो प्रतीक चिह्न प्रयोग गर्न पाउनेछैन । प्रतीक चिह्नको प्रस्तावका साथ रंगीन र श्याश्वेत एकप्रति कागजमा गरिएको प्रिन्ट पाना, पेन ड्राइभ वा नगरपालिकाको इमेल ठेगानामा डिजाइन पेस गर्नुपर्नेछ ।

यसैगरी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मौलिक सिर्जना हो कसैको नक्कल गरेको हो÷होइन भन्ने स्व घोषण, डिजाइनकर्ताले प्रयोग गरेको चिह्न, रंग र अक्षर प्रयोग गर्नाका कारण खुलाइएको व्याख्यात्मक विवरण पेस गर्नुपर्नेछ । प्रतीक चिह्नका लागि आजदेखि १५ दिनभित्र प्रस्ताव पेस गर्नका लागि नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ । 

सम्बन्धित खबर