२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमै अलआउट

Nada
२०८१ मंसिर २६ गते १४:३६
Shares
लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमै अलआउट

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमै अलआउट भयो ।

ncell

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन जोडे भने डान डौथवेटले २१, प्रतीक श्रेष्ठले २० तथा स्टीफन एस्किनाजीले १३ रन जोडे । 

लुम्बिनीका लागि सादबिन जाफरले ३, अभिशेष गौतम र रामोन सिमन्ड्सले २/२ तथा विवेक यादवले १ विकेट लिए । 

सम्बन्धित खबर