२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

जनसंख्या प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल

Nada
२०८१ मंसिर २६ गते १३:०४
Shares
जनसंख्या प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्ने बताएका छन् । 

ncell

बुधबार राष्ट्रिय जनसंख्या नीति मस्यौदा सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले जनसंख्या प्राथमिकतामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘खासगरी जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्छ । त्यसैले जनसंख्या प्राथमिकता होइन प्रमुख प्राथमिकतामा पर्नुपर्ने विषय हो । स्वास्थ्य तथा जनसङ्ख्या भन्दा त ५० प्रतिशत  स्वास्थ्य र ५० प्रतिशत जनसंख्या बुझ्नुपर्ने हो । तर हाम्रो मन्त्रालयमा जम्मा ११ जना विभागमा हुनुहुन्छ । ११ जना पनि खासै विज्ञ लिने त्यसको अतिरिक्त योग्यतामा भएका मात्र राख्ने भन्ने छैन ।’

साथै उनले नेपालको सबै जनसंख्या सम्बन्धी काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नुपर्ने हो या स्वास्थ्यसँग जोडिने तर जनसंख्याको विषयको काममात्र गर्नुपर्ने हो यो छुट्याउन आवश्यक रहेको बताए ।

उनले नेपालको सबै जनसंख्याको काम तथ्यांक विभागले गर्नुपर्ने र त्यसमा विश्वविद्यालका डिपाटमेण्टहरु जोडिनुपर्यो, राज्यका जति पनि जनसंख्या सम्बन्धी मेकानिजम छ त्यो  सबै एक ठाउँमा जोडिनुपर्ने बताए ।
 

सम्बन्धित खबर