२०८२ कार्तिक ५ गते बुधवार / Oct 22 , 2025 , Wednesday
२०८२ कार्तिक ५ गते बुधवार
Ads

यु-१९ एसिया कपका लागि टोली घोषणा

shivam cement
मध्यान्ह
२०८१ मंसिर २५ गते ११:१४
यु-१९ एसिया कपका लागि टोली घोषणा

काठमाडौँ : एसिसी महिला यु-१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एसिसी महिला यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । 

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।

महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ । गत कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो ।

ADV

सम्बन्धित खबर

Advertise