२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रधानमन्त्रीद्वारा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

Nada
२०८१ मंसिर २४ गते १६:५३
Shares
प्रधानमन्त्रीद्वारा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरणको सोमवार शुभारम्भ गरेका हुन् ।

ncell

साविक महारानीझोडा गाविसमा चार हजार घरधुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाण पूर्जा वितरण गरिएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पनि जनताको अवस्था परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताइ । उनले जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि एमाले र कांग्रेसबीचको सहमति अनुसार अबको १८ महिनापछि कांग्रेस सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए ।
 

सम्बन्धित खबर