२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छ : प्रधानमन्त्री

Nada
२०८१ मंसिर २४ गते १५:२०
Shares
व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छ : प्रधानमन्त्री

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणको आज शुभारम्भ गरेका छन् ।

ncell

साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपुर्जा वितरण सुरु हुन सकेको हो ।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरुले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएपनि नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने उनले पुनः स्मरण गराए ।

सम्बन्धित खबर