२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

हुण्डी कारोबारी फरार, सशस्त्र र भन्सारबीच दोषारोपण

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ६ गते २२:२९
Shares
हुण्डी कारोबारी फरार, सशस्त्र र भन्सारबीच दोषारोपण

रौतहट : श्रोत नखुलेको १४ लाख ८० रुपैयाँसहित पक्राउ परेका हुण्डी कारोबारी भन्सार कार्यालयबाट फरार भएका छन् ।

ncell

सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले बौधीमाई नगरपालिका वडा नम्बर ७ स्थित भन्सार गेटमा विआर ०५ विवि ६२१२ नम्वरको भारतीय नम्वरको मोटरसाइकल चेकजाँच गर्दा भारत पूर्वी चम्पारण जिल्ला झरौखर ७ जमुनियाका ३१ वर्षीय गजेन्द्र रायलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको थियो, तर शौच गर्ने बहानामा भन्सार कार्यालयको बाउण्ड्रीवाल हाम फाली फरार रहेको जनाइएको छ ।  

उनको साथबाट मोटरसाइकलको सिट मुनी लुकाइ राखेको १४ लाख ८० हजार रुपैयाँ बरामद गरिएको थियो । 

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नगद र मोटरसाइकलसहित हुण्डी कारोबारी गजेन्द्रलाई बुझाउँदा मुद्दा नम्बर ७७१ मा दर्ता भएपछि हामी भन्सारलाई जिम्मा लगाएर त्यहाँबाट बाहिरिएका थियौं ।’

तर, सशस्त्र प्रहरीले बुझाएको हुण्डी कारोबारी भन्सार कार्यालयबाट फरार भएपछि भन्सार प्रमुखले आफ्नो नियन्त्रणबाट फरार नभएको दाबी गर्दै सशस्त्र प्रहरीको नियन्त्रणबाट फरार भएको बताएका छन् । 

गौर भन्सार कार्यालयको प्रमुख अमरेन्द्र सिंहले भने, ‘हामी अर्थ मन्त्रीज्यूको भर्चुअल मिटिङमा व्यस्त रहेको बेला एक्कासी यहाँबाट मानिस फरार भएको कुरा सुने, तर त्यस बेलासम्म हाम्रो नियन्त्रणमा थिएनन् ।’

हुण्डी कारोबारी फरार भएको जानकारी पाएपछि सो सम्बन्धमा सशस्त्र प्रहरी ११ नं गणका गणपति बिक्रम हुमागाईंसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।

ताजा खबर

सम्बन्धित खबर