२०८१ माघ ७ गते सोमवार / Jan 20 , 2025 , Monday
२०८१ माघ ७ गते सोमवार
Ads

आचार्यले ल्याए ‘एक दिन उज्यालो छाउला’को म्युजिक भिडियो

hardik ivf
किस्ना आचार्य रोशनी
२०८१ मंसिर २१ गते १९:२३
आचार्यले ल्याए ‘एक दिन उज्यालो छाउला’को म्युजिक भिडियो

काठमाडौं : गोविन्द मधुर आचार्य नेपाली सांगीतिक क्षेत्रका एक सशक्त प्रतिभा हुन् । लोकगीत होस् वा आधुनिक, उनको स्वर र लय जुन गीतमा पनि फिट हुने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । २०५९/०६० सालतिर ‘कान्छीको रुमाल खस्यो पानीमा’ बोलको लोक दोहोरी गीतमा स्वर भरेर आफ्नो सांगीतिक यात्रा सुरु गरेका आचार्यले सोही गीतबाट केही सफलता र गायकको पहिचान प्राप्त गरेका थिए । त्यसयता २ दशक भयो संगीत कर्ममा निरन्तर जुटिरहेका छन् उनी ।

‘मर्छु बरु छट्पटीमा तिम्रो सामु पर्दिनँ म’ बोलको चर्चित गीतमा संगीत भरेपछि आफू संगीतकारको रूपमा अझ बढी चिनिएको आचार्य बताउँछन् । आफ्नै शब्द, संगीत र आवाज रहेका उनका त्यस्ता थुप्रै गीत छन्, जुन लाखौं दर्शक, स्रोताको मनको ढुकढुकी बनेका छन् ।

तीमध्ये ‘निरीमयाको’, ‘तिम्रो भइनँ भने’, ‘चोली फाट्यो कि मेरी आमाको’, ‘मलाई दुख्दा रुने त्यो मन’, ‘ओइलिएको फूल भयो’, ‘फूल भनुँ जिन्दगीलाई’, ‘जाउँला कान्छी जलजला’लगायतका गीतहरू अग्रपंक्तिमा छन् ।

सांगीतिक क्षेत्रमा जीवनको लामो अनुभव बटुलेका गोविन्दले जति गीत, संगीत सिर्जना गरे पनि र गीत सफल भए पनि ‘एक दिन उज्यालो छाउला’ बोलको गीतले गायकको रूपमा परिचय स्थापित मात्र गराएन, उनको गायकी व्यस्तता पनि उत्तिकै बढेर गयो ।

हो, उनै गायक आचार्य यतिबेला सोही गीतको अफिसयल म्युजिक भिडियो लिएर बजारमा आएका छन् । गीतमा स्वयं आचार्यले नै संगीत भरेका छन् भने दिनेश अधिकारी र गोविन्द मधुर आचार्यको संयुक्त शब्द रचना छ । 

गीतको म्युजिक भिडियोलाई निर्देशक तथा कोरियोग्राफर विक्रम चौहानले निर्देशन गरेका छन् । महेश महराको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको गीतको कथामा सुशान्त कार्की र लक्ष्मी बर्देवा देखिएका छ्न् । उक्त गीतलाई गोविन्द मधुर युट्युब च्यानलबाट हेर्न सकिन्छ ।


ADVADV

सम्बन्धित खबर

Advertise