२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक

Nada
२०८१ मंसिर १९ गते १६:१४
Shares
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक

जनकपुरधाम : सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरपालिका भित्र बुधबारदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै बुधबारदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

ncell

कार्यालयद्वारा जारी सूचनामा बुधबारराति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्न र नगराउन आदेश जारी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्नरनगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २२ गते सम्पन्न हुनेछ । 

आइतवार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले गढीमाई मेला हर्षौल्लास पूर्वक मनाउने भन्दै मंसिर २३ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आइतवार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
 

सम्बन्धित खबर