२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गढीमाई मेलाको उद्घाटन

Nada
कृष्ण तिवारी
२०८१ मंसिर १७ गते २२:३१
Shares
गढीमाई मेलाको उद्घाटन

रौतहट : गढीमाइको पहिलो पूजा हुने स्थान गुजरा नगरपालिका –४ कनकपुरमा पञ्चवर्षीय गढीमाईको मेला विधिवत् रूपमा उद्घाटन भएको छ । मेला अध्यक्ष पलट चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले सोमबार एक विशेष कार्यक्रमबीच पञ्चवर्षीय गढीमाईको मेला विधिवत् रूपमा उद्घाटन गरेका हुन् । 

ncell

एक हप्तासम्म लाग्ने यो मेलामा विभिन्न खेल तमासाको साथ साथै मनोरञ्जनको पनि व्यवस्था गरिएको छ । पूर्वकालदेखि नै रौतहटको गुजरा नगरपालिका सिमरी गाउँका मूल तान्त्रिक दुखन धामी कछडिया, मूल पुजारी मंगल चौधरीसंग मिलेर सबैभन्दा पहिला गुजरा नगरपालिका –४ कनकपुरमा रहेको यो मन्दिरमा पाहिलो पुजा गरि गढीमाईको विशेष पूजा आराधाना गरेर यहाँबाट  अगरवती जलाउँदै जाने र बाराको बरियारपुर गढीमाई मन्दिरमा धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकाली नर वली स्वरुप चढाउँदै आएका छन् ।

मूल तान्त्रिक धामीको केही समय अघि निधन भएपछि मान्यता अनुसार यस पटक उनको जेष्ठ छोरा उमाशंकर धामी कछाडियाले मूल तान्त्रिकको रुपमा आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर गढीमाईलाई चढाउने बताएका छन् ।

त्यसअघि मन्दिरमा रातभरी पूजा हुन्छ । उद्घाटन कार्यक्रममा मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह कटहरिया नगरपालिकाकी उपमेयर रिता यादव फतुवा बिजयपुर नगरपालिकाका मेयर प्रत्याशी अजय तिम्ल्सिना, कटहरिया नगरपालिकाका मेयर प्रत्याशी रामप्रवेश दास, कटहरिया नगरपालिका वडाध्यक्षहरु भुपेन्द्र महतो कोइरी, श्यामकान्त यादव लगाएतका बक्ताले मेलाको शुभकामना दिँदै गढिमाइको बारेमा चर्चा गरेको थियोे ।

गढीमाई मन्दिरमा छोरा छोरी प्राप्ति, असाध्य रोग निको पार्न, सुस्वास्थ र दीर्घायुको लागि, धनधान्य प्राप्ति तथा चाहना अनुसार भाकल पूरा हुनेहरुले बलि दिने गरेको जनविश्वास रहिआएको छ ।

सम्बन्धित खबर