२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

रास्वपा रामेछापका उपसभापति कार्की भण्डाफोर अभियानमा

Nada
२०८१ मंसिर १४ गते १२:०३
Shares
रास्वपा रामेछापका उपसभापति कार्की भण्डाफोर अभियानमा

रामेछाप : पत्रकार तथा स्थानीय समाजसेवी मोहन कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्लाका सभापति हुन् । संसार बदल्नु छ भने आफू पहिला बदलिएर देखाउनुपर्ने धारणा राख्ने कार्की नेकपा (माले) पार्टीको केन्द्रीय सदस्य परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए ।

ncell

रास्वपामा लागेको झण्डै २ वर्षपछि भएको रामेछाप जिल्ला भेलाले उनलाई रामेछाप जिल्लाको पार्टीको उपसभापतिको जिम्मेवारी दिएको थियो ।

कार्कीले अहिले रास्वपाको नीतिभन्दा पनि जनतमा छाएका निराशाले चरम रूप लिएको र अरु कुनै विकल्प नै नभएकाले नेतृत्व लिनुपर्छ भनेर रास्वपा लागेको बताए । 'देशमा उद्योग कलकारखाना स्थापना हुन नसकेको अवस्थामा नेपालीहरुलाई एकजुट बनाएर लैजाने विवेकशील पार्टी स्थापना हुँदा उज्ज्वल थापाको नेतृत्वमा शुरु भएको थियो,' उनी भन्छन्, 'त्यतिबेलादेखिको अभियानलाई साझा पार्टी हुँदै विभिन्न अभियानहरुको संयुक्त साझा संस्थाको रुपमा रास्वपाले प्रतिनिधित्व गरेको हुनाले अब छिट्टै जनताको बीचमा विगतमा राजनीतिक पार्टीले गरेका कुरीतिहरुलाई भण्डाफोर अभियानमार्फत लैजाने र रास्वपामा सबैलाई गोलबद्ध गरिनेछ । नेपाल देश बनाउन नेपालीले नै सक्छन् । त्यो आत्मविश्वास युवा पुस्तामा छ ।'

साहित्यकार, लेखकसमेत रहेका कार्कीले 'माइली' नामक उपन्यास, 'आउन साथी आउ सबै मिली विजयको मिठो गीत गाउँ'लगायतका गीत, कृषि-पर्यटन-जनविद्युतसम्बन्धी विषय समेटेर लेखिएको 'कृपज' नामक कृति समेत प्रकाशन गरिसकेका छन् । उनको नेतृत्वमा जन आकाश मिडियासमेत सञ्चालनमा छ ।

ताजा खबर

सम्बन्धित खबर