२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ

Nada
२०८१ मंसिर ६ गते १३:२८
Shares
अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ

काठमाडौंः अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–५ हाडीगाँउबाट पक्राउ गरेको हो । 

ncell

श्रेष्ठले सामाजिक संजाल फेसबुक, ह्वाट्स एपमा सम्पर्क गरी अमेरिकाको नागरिक हाल मिसनको लागि सिरियामा रहेको बताई पीडितहरूलाई सिरियाको मिसनमा कमाएको केही डलर नेपालमा पठाईदिन्छु, मिसन पश्चात नेपालमा आइ अस्पताल खोल्ने, अनाथहरूलाई सहयोग गर्ने, बाँकी रहेको डलर पीडितहरूलाई दिने बताई कुरियर मार्फत डलर पठाएको छु भनेर विश्वास दिलाई कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी नगद ७ लाख ७५ हजार रूपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पठाउन लगाई ठगी गरेको खुल्न आएको छ । 

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।


 

ताजा खबर

सम्बन्धित खबर