२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

डरत्रास देखाएर रकम असुली गर्ने व्यक्ति पक्राउ

Nada
२०८१ मंसिर ६ गते १२:३३
Shares
डरत्रास देखाएर रकम असुली गर्ने व्यक्ति पक्राउ

काठमाडौंः ह्वाट्स एपमार्फत अन्डर वर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भन्दै डरत्रास देखाएर रकम असुली गरेको अभियोगमा मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहालरहेका छन् ।

ncell

काठमाडौं उपत्यका भित्र विभिन्न व्यक्तिहरूलाई अन्डर कभर एजेन्ट भनि विहार लगायत अन्य ठाँउबाट कन्ट्रर्‍याक्ट किलर भाडामा लगाई ज्यान समेत मार्छु भन्दै ५० हजार देखि २ लाख रूपैयाँ सम्म रकम माग गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दाहाललाई काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर