२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

देउवालाई वैदेशिक रोजगारका पछिल्ला समस्याबारे अवगत

shivam cement
२०८१ असार ५ गते ०६:४०
देउवालाई वैदेशिक रोजगारका पछिल्ला समस्याबारे अवगत

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रको सुरक्षाका लागि पार्टीले संसदमा प्रभावकारी भूमिका  निभाउने आश्वासन दिएका छन् ।

पार्टीको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका संयोजक तथा सदस्यहरुसँग आफ्नै निवास बुढानीलकण्ठमा छलफल गर्दै सभापति देउवाले वैदेशिक रोजगारमार्फत प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान भएको र ब्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान दिएको विषयमा पार्टी सचेत रहेकोे बताए । वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई सहयोग पुर्‍याउने विषयमा पार्टी संसदीय दलका सचेतकलाई लिखितरुपमा जानकारी गराउन पनि सभापति देउवाले विभागलाई निर्देशन दिएको विभागका सदस्य सञ्जय पनेरुले जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख प्रकाश रसाइली ‘स्नेही’ले वैदेशिक रोजगार ऐनमा रहेको इजाजत नवीकरणका लागि वार्षिक सय जना कामदार अनिवार्यरुपमा पठाउनुपर्ने बाध्यताले सिर्जना गरेको समस्या र त्यसले अन्तर्राष्ट्रियरुपमा दिएको नकारात्मक सन्देश, नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगर्दा युरोपेली बजारमा नेपाली कामदारका लागि रहेको करिब ४० हजार रोजगारी गुमेकोलगायतका विषयमा सभापति देउवालाई जानकारी गराएका थिए ।

त्यस अवसरमा सभापति देउवाले नेपालले श्रम सम्झौता गरेका मुलुकसँगको श्रम सम्झौता नवीकरण नगर्दा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार असुरक्षित रहेको विषयमा आफू जानकार रहेको भन्दै व्यवसायीको इजाजत नवीकरणलगायतका समस्या समाधानका लागि पार्टीका तर्फबाट पहल हुने पनि जानकारी दिएको व्यवसायी पनेरुले जानकारी दिए ।

छलफलमा विभाग प्रमुख रसाइली, सदस्य पनेरु र विभाग सदस्य अलर्ट ओभरसिजका देवकुमार खोखाली सहभागी थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise