२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भेडापालक कृषकहरूलाई सामग्री हस्तान्तरण

Nada
धनकृष्ण विक
२०८१ असार ४ गते २१:४२
Shares
भेडापालक कृषकहरूलाई सामग्री हस्तान्तरण

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका वडा नं.६ का भेडापालक कृषकहरुलाई सामग्रीहरु हस्तान्तरण गरिएको छ । 

ncell

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको चालु आ.व २०८०/०८१ को कार्य लक्ष्य अनुसार बृहत् एवम् विशेष उत्पादन कार्यक्रम अन्तर्गत ३० जना कृषकहरुलाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो । 

कृषकहरुलाई एक/एक वटा, ब्रस कोरेसो १ जोडी, कैंची १ वटा, सिलिपिङ ब्याक १ वटा, लम बुट १ जोडी, सोलार १ वटा, औषधी पिपराजिन, आइभर मेटरिन, मिनिरल मिक्स, हिमेस, टिटी ओएल, साहिपर मेथिन, टिम्पल लगायतका सामग्री हस्तान्तरण गरिएको पशु सेवा केन्द्र बाजुराले जनाएको छ । जगन्नाथ गाउँपालिका वडा नं.६ मा आयोजित औपचारिक कार्यक्रम परिवर्तनशिल भेडापालन समितिका अध्यक्ष मिम बहादुर बुढाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द बाजुराका कार्यालय प्रमुख शिद्वराज जैशी रहेका थिए भने विशिष्ट अतिथिहरुमा जगन्नाथ गाउँपालिका पशु शाखा प्रमुख विष्णु शाही, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका पशु स्वास्थ्य  सहजकर्ता हस्त बहादुर शाही, कर्मचारी सुमन कुमार शाही लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर