२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

बीबीएस प्रथम वर्षमा नेपाल प्रथम बनिन् अंवशिखा

shivam cement
क्षितिज किरण
२०८१ जेठ ३२ गते २१:५३
बीबीएस प्रथम वर्षमा नेपाल प्रथम बनिन् अंवशिखा

कपिलवस्तु : त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कपिलवस्तु बहुमुखी क्याम्पसको बीबीएस संकायमा अध्ययनरत छात्रा नेपाल प्रथम भएकी छन् ।

बीबीएस संकायको प्रथम वर्ष(२०७९) को वार्षिक परीक्षाको नतिजामा कपिलवस्तु बहुमुखी क्याम्पसकी विद्यार्थी अंवशिखा बर्मा नेपाल प्रथम भएकी हुन् ।

उनले सो संकायको प्रथम वर्षको वार्षिक परीक्षामा ४०४ अंक (८०.८० प्रतिशत)सहित उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम भएकी हुन् । 

विगत लामो समयदेखि कपिलवस्तुकै एक नेतृत्वदायी एवं प्रतिष्ठित शैक्षिक धरोहरको रुपमा कपिलवस्तु बहुमुखी क्याम्पस स्थापित रहेको दाबी गर्दै क्याम्पस प्रमुख डा.विनय पाण्डेयले विगतमा समेत उत्कृष्ट नतिजाहरु ल्याउन सफल भएको उल्लेख गरे । 

यसअघि क्याम्पसमा अध्ययनरत विद्यार्थी महेश चौधरी नेपाल प्रथम र सलोनी पाण्डेय लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको क्याम्पस प्रमुख पाण्डेयले बताए ।

यो क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा  क्युएए प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise