२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

काम नगर्ने कर्मचारीलाई कारबाही गछौंः मन्त्री थापा

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ असोज १५ गते २१:३६
काम नगर्ने कर्मचारीलाई कारबाही गछौंः मन्त्री थापा

भालुवाङ : खानेपानी तथा शहरी विकास मन्त्री सरोज थापा (रोज राणा) ले कामको प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिएका छन् । 

खानेपानी तथा शहरी विकास मन्त्रालय मातहतका कार्यालयहरुले गरेका कामहरुको अर्घाखाँची र कपिलवस्तुका सीमाना क्षेत्रका योजनाहरुको फिल्डमा पुगेर अनुगमन गर्दै मन्त्री थापाले सरकारी कार्यालयहरुले गरेको काम ठिक छ या छैन भन्ने कुरा अनुगमन गर्ने निकाय सबैभन्दा ठूलो निकाए जनता भएकोले जनताको चाहना अनुसार गठबन्धन सरकारले काम गर्ने भएकोले गुणस्तरीय काम गराउने जिम्मेवारी स्थानीय सचेत नागरिकको भएको  बताए । 

मन्त्री थापाले  प्रदेश सरकारको निर्देशन पालना गरी काम गर्न आफुले सबै मातहतका कार्यालयहरुलाई निर्देशन दिएकोले कहिकतै गुनासो भएमा सिँधै आफुलाई जानकारी गराउन जनतालाई अनुरोध गरे ।

उनले भने,‘यो सरकारको  नेतृत्व मुख्यमन्त्री चेतनारायण   आचर्यले गर्नुभएको प्रदेश सरकार हो, अब हामीले सरकारको   निर्देशन अक्षरशः पालना गरी हाम्रो कामको स्पष्ट  प्रतिफल देखिने गरी काम गर्नुपर्छ ।’

मन्त्री थापाले योजनाको अनुगमन गर्दा जनताका कुरा सुन्दा थप ऊर्जा प्राप्त भएको र अब उक्त कुराहरू कार्य सम्पादनमा देखिनेगरी आफ्नो कार्याकालमा काम गर्ने र सबै को घरमा धारा पुर्‍याएर छाड्ने  बताए ।

उनले भने,‘मैले मन्त्रालयले गर्ने तालिम गोष्ठीलाई भन्दा जनताको गुनासो सुन्न मन पराउँछु ।  जनतासँग भेट हुँदा अनुभव आदान–प्रदान भएको छ, यसले हामिहरुको  काम गर्ने शैली तथा क्षेत्रमा थप ऊर्जा थपिएको छ  ।’ मन्त्री राणाले विपद्का कारण खानेपानी क्षेत्रमा समेत ठूलो असर परेको बताउँदै जनताको अपेक्षा धेरै भएपनि प्रदेश सरकारसँग सिमित बजेट रहेकोले सोचे जति बजेट विनियोजन गर्न नसकिएको बताए । एक घर एक धाराको नीति प्रदेश सरकारले अबलम्बन गरेकोले १२ जिल्लाका सबै नागरिकको घरमा पानिका धारा जडान हुने समेत जिकिर गरे । उनले भने,‘म थोरै समय प्रदेश सरकारको यातायात मन्त्री बनेको थिए । त्यतिबेला मैले यातायातमा देखिएको विकृति विसंगतिको अन्त्यकाका लागि पहल गरे । आफ्नै गाडीबाट ट्रायल दिने र सबै ठाउँमा सवारी पटके लिने व्यवस्था मिलाएको थिए । खानेपानी र शहरी विकासको क्षेत्रमा पनि परिवर्तन ल्याउँछु । म त्यसैले फिल्डमा पुगेर तपाईंहरुको गुनासो सुन्ने  योजना अनुसार हिँडेको छु ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise