२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

बाझाङको चैनपुरमा प्रभुको नयाँ शाखा सञ्चालन

मध्यान्ह
२०८१ जेठ ३२ गते २१:१२
बाझाङको चैनपुरमा प्रभुको नयाँ शाखा सञ्चालन

काठमाडौं : प्रभु बैंकले बाझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरमा ३०४औं शाखा विस्तार गरेको छ । बैंकले आप्mनो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरेको हो । 

सो अभियानले देश भरी नै बैंकिंङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले दाबी गरेको छ । बैंकको चैनपुर शाखामार्फत् स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र सो क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

ADV

सम्बन्धित खबर