२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

अर्घाखाँची व्यापार संघको अध्यक्षमा खड्का निर्वाचित

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २९ गते २२:१४
अर्घाखाँची व्यापार संघको अध्यक्षमा खड्का निर्वाचित

अर्घाखाँची : अर्घाखाँची व्यापार संघको प्रथम वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनबाट  पुनःअध्यक्षमा योगेन्द्र बहादुर खड्का  निर्वाचित भएका छन् । 

यस्तै बरिष्ठ उपाध्यक्षमा लक्ष्मीनारायण चुदाली,उपाध्यक्षमा डिलाराम भुसाल,ज्ञानेन्द्र घिमिरे,कृष्ण प्रसाद बन्जाडे,महासचिव कृष्ण प्रसाद भुसाल,सहसचिव संजय नेपाली कोषाध्यक्ष तुल्सीराम पन्थी,सह–कोषाध्यक्षमा रिता बन्जाडे लगायत चयन भएका छन् । 

उद्घाटन कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पछिल्लो समय व्यापारीहरुका संघसंस्था बढ्दै जाँदा व्यवसायी नै मर्कामा परेको बताए । 

व्यापारीहरुका संख्या बढ्दै जाँदा बजारमा मुल्यमा एकरुपता आउन अप्ठ्यारो  पर्नेदेखि व्यवसायीहरु धरासयमा पर्ने उनको भनाइ छ ।

अहिले यहाँ ३ वटा व्यापारीहरुका नेतृत्व छन् । तिनिहरुलाई एउटै ठाँउमा ल्याउन जरुरी भएको बताए । 

यस्तै अर्घाखाँची व्यापार संघका जिल्ला अध्यक्ष योगेन्द्र बहादुर खड्काले राज्यले दिनप्रतिदिन करका दर बढाउँदा व्यवसायीहरु मर्कामा परेको बताए ।

आम्दानीको श्रोत घट्नु करको दर बढ्नाले सटर बन्द गरेर व्यापारी विस्थापित हुने गरेको बताए । 

यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चुराबहादुर केसीले स्थानीय उत्पादनलाई व्यवसायीले प्राथमिक दिनुपर्ने बताए । 

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख दुर्गा न्यौपानेले ५ लाख भन्दा कम पुँजीको व्यवसाय पालिकामा दर्ता हुने त्यो भन्दा माथिको पुँजी भएका व्यवसाय घरेलु तथा साना उद्योगमा दर्ता हुने बताए । 

कार्यक्रममा व्यपार संघका लुम्बिनी प्रदेश उपाध्यक्ष नेत्रप्रसाद श्रेष्ठ,चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठ,उद्योग वाणिज्य संघ अर्घाखाँचीकी सदस्य पार्वता श्रेष्ठ, व्यापार संघका सदस्य डिलाराम भुसाल पत्रकार महासंघ अध्यक्ष अशोक खनालले शुभकामना मन्तव्य राख्दै हाल जिल्लामा फरक–फरक व्यापार संघ भएकाले बजारमा मूल्य बढ्दा कुनै निकायले जिम्मेवारीपन देखाउन नसकेको बताएका थिए । 

कार्यक्रम व्यापार संघको महासचिव कृष्ण भुसालले सञ्चालन गरेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise