काठमाडौँ : महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बागमती खोला किनारको सुकुम्वासी बस्तीमा छापा मारी ठूलो परिमाणमा अवैध मदिरा फेला पारेको छ ।
प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेको नेतृत्वमा गएको प्रहरी टोलीले तीन लाखभन्दा बढी मूल्य बराबरका चार हजार लिटर अवैध घरेलु मदिरा (रक्सी, जाँड र तोङ्वा) बरामद गरिएको छ । सो क्रममा मदिरा बनाइराखेको अवस्थामा चार महिलालाई पक्राउ गरेको वृतले जनाएको छ । उनीहरुले अवैध मदिरा तयार गरी विभिन्न भट्टी पसल र होटेलहरुमा लगेर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा सुकुम्बासी टोलमा झैझगडा, हत्या, हिंसाका घटना बढ्नु र अन्यत्र ठाउँमा चोरी र अपराध गरेपछि लुक्ने ठाउँको रुपमा सुकुम्वासी टोल मुछिन थालेको पाइएको छ ।
निगरानी बढाउने क्रममा प्रहरीले शान्तिनगर सुुकुम्बासी टोलबाट ठूलो परिणाममा अवैध मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने भाडाकुडा बरामद गरेको थियो ।
बरामद गरिएको अवैध घरेलु मदिरा बागमती नदीको किनारमा एक्साभेटरले खाल्डो खनेर जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ भने अवैध मदिरा बनाउने कार्यमा सङ्लग्न चार महिलालाई एक रात थुनामा राखी आइन्दा यस्तो कार्य नगर्ने कागज गराएर छाडिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies