२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

मध्यान्ह
२०८१ जेठ ३० गते १३:०८
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनकपुर : जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् ।

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचन प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।

ADV

सम्बन्धित खबर