२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

ललितपुरमा श्रमाधान रोजगार मेला शुरु

shivam cement
मध्यान्ह
२०८१ जेठ २९ गते २२:०१
ललितपुरमा श्रमाधान रोजगार मेला शुरु

ललितपुर : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला मंगलबारदेखि बागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ । 

रोजगार मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मेलाले रोजगारीको अवसर मात्रै नभइ करिअर काउन्सिलको काम पनि गर्ने बताइन् । उनले भनिन्, ‘मेलाले उद्यमी बन्न चाहनेका लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ । यस्तो खालको मेला हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट शुरु गर्दैछ ।’

कुनै रोजगारीका लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल गरिने उनले बताइन् । उनले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने पनि बताइन् । 

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दैनिक १५ सयको हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा रोजगार मेलाले थोरै भएपनि नेपाली युवालाई नेपालभित्रै रोकेर राख्न सक्यो भने त्यसलाई ठूलो उपलब्धिका रुपमा लिन सकिने बताए । 

जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा बुधबार सम्पन्न हुनेछ । मेलामा निजी तथा सरकारी क्षेत्रका ८० वटा स्टल रहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise