२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

मध्यान्हकर्मी अहमद हज समिति सल्लाहकार नियुक्त

मध्यान्ह
२०८१ भदौ २१ गते १६:३४
मध्यान्हकर्मी अहमद हज समिति सल्लाहकार नियुक्त

काठमाडौं : नेपाल हज समितिले मध्यान्ह दैनिकका संवाददाता इसत्याक अहमदलाई सल्लाहकारमा नियुक्त गरेको छ । अहमद रौतहट निवासी हुन् । विगत पाँच वर्षदेखि उनी मध्यान्हसँग आबद्ध छन् ।

नेपाल हज समितिका अध्यक्ष हाजी इश्रा मुल्लाह मियाका अनुसार शमिम अहमद (सिरहा), मोहम्मद फरिद मुस्लिम (काठमाडौं), ई. मोहम्मद अयुब (बारा), इन्तियाज मियाँ (मोरङ), मोहम्मद गुल्जार (रौतहट),  मुस्ताक खान (कपिलवस्तु) गरी सातजना नेपाल हज समितिको सल्लाहकार नियुक्त भएका छन् ।

नेपाल हज समितिको कार्यविघि २०७२ को दफा ७ बमोजिम सो समितिको काम कारबाहीको विषयमा आवश्यक सरसल्लाह लिइने प्रयोजनका लागि सो समितिको सल्लाहकार नियुक्त गरिएको हो ।

ADV

सम्बन्धित खबर